Sajhamanch Archive

‘छक्का पञ्जा ४’ र ‘मह जोडी’ को फिल्मसँग ‘ए मेरो हजुर ४’ भिड्ने

Published: (Updated: ) in टिप्स/जानकारी by .

हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । दशैं विदामा फिल्म ल्याउँदा हलबाट लगानी उठाउन सजिलो हुने सोचाइका कारण विशेषगरि ठूला ब्यानरले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । अर्को वर्ष (२०७७) को दशैंका लागि पनि यस वर्षदेखि नै नेपाली निर्माताबीच फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप सुरु भएको छ ।

आउँदो वर्षको दशैंको फूलपातीमा अहिलेसम्म दुई फिल्म आउने निश्चित भैसकेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गर्न लागेको फिल्म ‘छक्का पञ्जा ४’ र मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्माण तथा अभिनय गर्ने फिल्म आउँदो वर्षको फूलपातीमा प्रदर्शन हुँदैछ । अब, यी दुई फिल्मसँग भिड्न फूलपातीमा अर्को फिल्म थपिएको छ ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुने भएको छ । प्रणय दिवसको अवसर पारेर निर्माता सुनिल कुमार थापाले फिल्म २०७७ सालको कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । योसँगै अर्को वर्षको फूलपातीमा तीन ठूला फिल्मको बक्सअफिसमा महाभिडन्त हुने देखिएको छ ।

फागुन दोस्रो साताबाट ‘ए मेरो हजुर ४’ को छायांकन सुरु हुँदैछ । फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि अभिनय रहनेछ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म नेपाल, ओमान र हल्याण्डमा खिचिने बताइएको छ । यो फिल्ममा अनमोल र सुहानाले दोस्रो पटक रोमान्स गर्न लागेका हुन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *