Sajhamanch Archive

केजरीवाल तेस्रो पटक दिल्लीका मुख्यमन्त्री

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आज तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।

यसका साथै दिल्लीका सात जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।केजरीवालले दिल्लीका जनतालाई शपथ ग्रहणमा उपस्थित हुन अपिल गरेका थिए । शपथ ग्रहण समारोहमा ठूलो सङ्ख्यामा सर्वसाधारण उपस्थित थिए ।

गएको फेब्रुअरी ८ मा भएको दिल्ली विधानसभा चुनावको नतिजा त्यसको तीन दिनपछि आएको थियो । जसअनुसार आम आदमी पार्टीले ६२ सिट र भाजपाले आठ सिट जितेको थियो । सन् २०१५ जस्तै काङ्ग्रेसले यो चुनावमा पनि खाता खोल्न सकेन ।

अरविन्द केजरीवालले सन् २०१३ मा काङ्ग्रेसको समर्थनमा ४९ दिन सत्तामा रहेपछि राजीनामा दिएका थिए । त्यसपछि सन् २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जित्दा भाजपाले जम्मा तीन सिटमा विजय हासिल गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *