Sajhamanch Archive

६० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेको देउराली गाउँपालिका चौउरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं.३ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नंं.२ बस्ने ३७ वर्षीया कीसानुमाया लामालाई अमेरिका पठाइदिने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अमेरिका जानको लागि बैंक ब्यालेन्स् देखाउनु पर्ने भन्दै कीसानुमायालाई रामचन्द्र कुँवरले प्राइम बैंकमा रहेको आफ्नो खातामा ६० लाख रुपैयाँ ब्यालेन्स गर्न लगाएका थिए ।

कीसानुमायाले ६० लाख रुपैयाँ खातामा राखिदिएको भोलिपल्टै कुँवरले नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमती पत्र राखी चावहील, नयाँबानेश्वर, कोटेश्वर, सामाखुसी र इमाडोलमा रहेको प्राइम बैंकको शाखाबाट रकम निकालेर सम्पर्कविहीन भएका थिए ।

पीडित भनिएकी कीसानुमायाले दिएको जाहेरीको आधारमा दुवै जनालाई भक्तपुरको थिमिबाट सोमबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा कुँवर र लामाले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *