Sajhamanch Archive

कानून मन्त्री बनिन् डा. तुम्बाहाङ्फे, सम्हालिन् पदभार

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाङ्फेले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भई पदभार सम्हालेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. तुम्बाहाङ्फेलाई कानूनमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त कानून मन्त्री तुम्बाहाङ्फेले आज सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिइन् ।

नवनियुक्त मन्त्री डा. तुम्बाहाङ्फेले सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार पनि सम्हालेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *