Sajhamanch Archive

विप्लवका पाँच कार्यकता पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका वडा नंं.१ गुफापोखरीबाट प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वका पाँचजना कार्यकता पक्राउ परेका छन्।

प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए। प्रहरीको गस्ती टोलीले विप्लव कार्यकतालाई चैनपुर नगरपालिका वडा नं.१ गुफापोखरीबाट जोरपोखरी जाने सडक खण्डबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा विप्लव समूहका जिल्ला सदस्य चैनपुर नगरपालिका वडा नं.४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए।

शंकस्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको छ। प्रहरीले विप्लव कार्यकताको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान, बिष्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोवाइल तथा विभिन्न कागजातहरू बरामद गरिएको जनाएको छ।

पछिल्लो समय जिल्लामा आगजनी तथा बम विष्फोटनका घटना बढेपछि प्रहरीले खोजी कार्य तीव्र बनाइको थियो। प्रहरीले पक्राउ परेका अन्य चार जनाको नाम भने खुलाउन चाहेको छैन। प्रहरीले माघ २ गते पक्राउ गरेको भए पनि ६ गते मात्र सार्वजनिक गरेको हो।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *