Sajhamanch Archive

विद्यार्थीलाई युवाहरुको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । हल्दिबारी १ स्थित दुर्गा देबि प्राथमिक बिद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ।

बिर्तामोडमा व्वयसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवाहरुले विद्यार्थीलाई आवश्यक पर्ने कपि,कलम,पेन्सिल,लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो ।

सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न सामाग्री वितरण गरिएको संयोजक नितेश ओलिले बताए ।

झापाली युवा युवराज दाहाल ,भुमी ,प्रज्वल कडरिया,सागर पौडेल ,तपस्या बस्नेत लगायतले संयुक्त रुपमा संकलन गरि बितरण गरिएको हो।बिद्यालयमा हाल १ सय २७ जना विद्यार्थी अध्ययरत छन् । ब्यबस्थापन समितीका अध्यक्ष कुमारी बिश्वकर्माको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्य रहेको थियो।

वडाध्यक्ष सापकोटाले सामुदायिक बिद्यालय सुधार्न वडाको तर्फबाट आवश्यक सम्पुर्ण सहयोग उपलब्ध गराउने र अभिभावक आफै सकृय हुन आग्रह गर्दै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सहयात्रा गर्न तयार रहेको बताए ।

संचारकर्मी सरोज पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन संयोजक ओलिले गरेका थिए।सोही अवसरमा युवाहरु प्रज्वल कडरिया र संयोजक ओलि आगामी शैक्षिक सत्रमा एक बर्षको लागि आवश्यक सम्पुर्ण शैक्षिक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *