इन्जुरी समयमा कठीन जीत निकाल्दै आर्मी सेमीफाइनलमा
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी तेस्रो सताक्षी गोल्डकपको मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमी फाइनलमा प्रवेश गरेको छ ।
पाहुना टोली दार्जिलिङ एमएफसी क्लब सामु कठिन जीत निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी सेमी फाइनलमा प्रवेश गरेको हो ।
अत्यन्त प्रतिस्प्रधात्मक भएको खेलमा आर्मीले पाहुना टोली दार्जिलिङको चुतौती २–१ गोलअन्तरले पराजित गर्दै आर्मी विजयी बनेको हो ।
खेलको छैटौ मिनेटमा आर्मीका लागि टेकबहादुर बुढाथोकीले पहिलो गरी गोल टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४७ औं मिनेटमा दार्जिलिङका खेलाडी रैकेत बुमले हानेको फ्रिकिक गोलमा परिणत भएपछि खेल बराबरीमा रहेको थियो ।
खेलको इन्जुरी समयको अन्तिम मिनेटमा आर्मीका बुढाथोकी चम्किदा आर्मीको जीत सुनिश्चित भएको हो । अन्तिम मिनेटमा टेकबहादुर बुढाथोकीले हानेको गोलले जाली चुमेपछि आर्मी क्लब भाग्यमानी ठहरिएको थियो ।
खेलको म्यान अफ दी म्याच आर्मी क्लबका सेसेहाङ्ग आङदम्बे घाषित भए । उनले नगद १० हजार प्राप्त गरे ।
भोली बुधबार गोर्खा बोइज रुपन्देही र लिग विजेता मछिन्द्र क्बल बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेता नगद ६ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिता शिवसताक्षी स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो ।
Comments