Sajhamanch Archive

त्रिवि अस्पतालमा प्रधानमन्त्री ओलीको चेकजाँचः आजै निवास फर्केने

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अचानक मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पताल भर्ना भएका छन् ।

आज साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको हो । चिकित्सकहरुका अनुसार उनको मुटुको एन्जियोग्राफी गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार प्रम ओलीको क्याथ ल्यावमा विभिन्न परीक्षण गरिएको छ । लामो समयदेखि मिर्गौला डायलसिसमा रहेका प्रम ओलीको अचानक मुटुमा समस्या देखिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चाहिँ प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका र आजै निवास फर्किने जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *