Sajhamanch Archive

‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार हर प्रयासमा छ : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् ।

उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले अबका वर्ष प्रदेशको विकास र समृद्धिको वर्ष हुने दाबी गरे ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार हर प्रयासमा छ ।’

जनताले अनुभूति गर्ने गरी काम गर्ने उनको भनाइ छ । दुई वर्ष अगाडि गठन भएको प्रदेश सरकार शहीदहरुले देखेको सपना साकार पार्न क्रियाशील रहेको दाबी गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले लिएको लक्ष्य र शहीदका सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न प्रदेशवासीलाई आहृवानसमेत गरे ।

कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा राष्ट्रिय झण्डोत्तलन गरेका थिए ।प्रदशेका मन्त्री, प्रदेश सांसद, मन्त्रालयका सचिवहरु, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीलगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *