Sajhamanch Archive

ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ । केमारी इलाकाका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्ने समस्या देखिएको छ ।

आइतबार रातीदेखि अचानक मानिसहरुमा समस्या देखिन सुरु भएपछि उनीहरु अस्पताल जान सुरु गरेका थिए ।सिन्ध प्रान्तको नगरपालिका मन्त्री नासिर हुसैन शाहले अहिलेसम्म साढे दुई सय प्रभावित व्यक्तिलाई अस्पतालमा भर्ना गरेका छन् जसमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।

मन्त्रीका अनुसार यो घटना कसरी भयो, यसबारे अनुसन्धान गरिँदै छ । उनले भने, ‘सुरुवाती रिपोर्ट आउने बित्तिकै मिडियामार्फत् मानिसहरुलाई जानकारी दिइनेछ र विश्वास दिलाइनेछ ।

’उनले अहिले कराँची युनिभर्सिटीको ल्याब र पिसीएसआईआरमा नमूनाको अध्ययन गरिएको जानकारी दिए ।कराँचीको एक थानामा यसबारे मुद्दासमेत दर्ता गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *