Sajhamanch Archive

लिभरपुल एट्लेटिको मड्रिडसँग स्तब्ध

Published: in खेलकुद by .

डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टर–फाइनलको पहिलो लेगमा पराजित भएको छ ।

एट्लेटिको मड्रिडको मैदानमा भएको खेलमा सउल नियुएजको सुरुवाती गोल निर्णायक बन्दा लिभरपुल घरेलु टोलीसँग एक–शून्यले स्तब्ध भयो ।

निगुएजले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए । खेलको अधिकांश समय बलमा पकड जमाए पनि लिभरपुलले गोल भने गर्न सकेन ।

लिभरपुलले खेलमा फर्किने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । मोहम्मद सलाहको प्रहार पोस्टबाट बाहिरियो । जोर्डन हेन्डरसनले पनि पाएको मौका गुमाउन पुगे ।

बेन्चबाट आएका डिभोक ओरिगी र एलेक्स च्याम्बरलिनले पनि खेलमा प्रभाव जमाउन सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *