Sajhamanch Archive

मेचीनगर वडास्तरीय भलिबल जारी : वडा नं.६ र ८ विजयी

Published: (Updated: ) in खेलकुद by .

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नं.६ र ८ विजयी भएका छन् ।

मेचीनगर नगरपालिका वडा नं. १२ को आयोजनामा जारी प्रतियोगितामा वडा नं.७ लाई सोजो सेटमा २५-२० र २५-१६ पराजित गर्दै वडा नं.६ अघिल्लो चरणमा प्रवेश गरेको छ ।

त्यस्तै आजै हुने भनिएको वडा नं. १ र वडा नं.८ वीचको खेलमा वडा नं.१अनुपस्थित भएपछी वाकओवर पाउँदै वडा नं.८ दोश्रो चरणमा प्रवेश गरेको हो ।

आज भएको खेलको म्यान अफ दी म्याच वडा नं. ६ का भरत बस्नेत घोषित भए । प्रतियोगितामा भोलिको खेल वडा नं.५ र २ तथा वडा नं.१२(ख) र ४ भिड्ने खेल समितिका संयोजक रबिन मेचेले बताए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने  टिमले शिल्ड, मेडल, प्रमाण पत्र र नगद क्रमशः रु.५१ हजार, रु. ३१ हजार र रु.११ हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्रसहित नगद प्रदान गरिने संयोजक मेचेले जानकारी दिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *