Sajhamanch Archive

प्रतिपक्षी कांग्रेसद्वारा संसद अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा !

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै आज संसद बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले जरुरी महत्वको विषय भन्दै सञ्चारमन्त्रीको घुस सम्वाद छचल्किएको भन्दै संसद चल्न नदिने कांग्रेसको निर्णय सुनाइन् ।

सभामुख अग्नि सापकोटाले अनौपचारिक रुपमा प्राप्त सूचना अनुसार आरोपित मन्त्री बाँस्कोटाले राजीनामा दिने तयारी गर्नुभएकाले माग सम्बोधन भइसकेको भन्दै संसद सुचारु गर्न आग्रह गरे । तापनि प्रतिपक्षी सांसदहरुले उठेर संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसले राष्ट्रियसभामा पनि अवरोध गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *