Sajhamanch Archive

‘आमा’ र ‘सेन्टी भाईरस’ एकैसाथ

Published: (Updated: ) in टिप्स/जानकारी by .

यसपटक दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाईरस’ एकसाथ रिलीज भएका छन् ।

‘आमा’लाई दिपेन्द्र के. खनालले निर्देशन गरेका छन् भने ‘सेन्टी भाईरस’लाई रामबाबु गुरुंगले निर्देशन गरेका छन् ।

अलग पृष्ठभुमिको कथामा बनेका यि दुबै फिल्मलाई लिएर दर्शकमाझ उत्साह रहेको छ ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथा भन्ने ‘आमा’मा मिथिला र सुरक्षाका अलावा सरिता गिरी, देशभक्त खनाललगायतका कलाकारहरुको अभिनय छ । ‘पशुपति प्रसाद’ जस्तो व्यावसायिक र समीक्षात्मक रुपमा सफल चलचित्र दिएका दीपेन्द्र के.खनाल निर्देशित यो फिल्ममा अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्य कारुणिक लाग्छ ।

समसामयिक राजनीतिक विषयवस्तुमा बनेको ‘सेन्टी भाइरस’मा धुर्मुस-सुन्तलीको परिचय बनाएका सिताराम कट्टेल र कुंजना घिमिरेको प्रमूख अभिनय छ । फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंक यो फिल्ममा छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुंगले केहि भिन्न परिवेशमा यो फिल्म निर्देशन गरेका छन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *