Sajhamanch Archive

 चल्लासहित मिनीट्रक नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

लहान । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका वडा नं.४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो ।

बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका वडा नंं.१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी मदिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *