Sajhamanch Archive

अनुहार लुकाएर ‘प्रेम पुजा’को पोस्टर रिलीज

Published: (Updated: ) in टिप्स/जानकारी by .

शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ ।

अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन ।

शिवरात्री बिशेष पोस्टरमा अभिनेताको पुरा अनुहार लुकाईएको छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक वस्त्रमा रहेका अभिनेतालाई फिल्मको औपचारिक घोषणा कार्यक्रममा मात्र चिनाउने तयारी रहेको निर्देशक सापकोटाले बताए ।

आगामी विजया दशमीमा रिलीज गरिने जनाईएको यो फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ ।

फिल्मको काठमाडौं, चितवन र भारतको बनारसमा छायांकन हुनेछ । ईन्टरटेन्मेन्ट वर्ल्डवाईड प्रा.लि.ले निर्माण गर्ने फिल्ममा कथा, पटकथा तथा संवाद अभिमन्यु निरबीको रहेको छ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *