Sajhamanch Archive

अष्ट्रेलियाका रग्वी खेलाडीबाट तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या

Published: in विविधा, विश्व समाचार by .

सिडनी। अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको जलाएर हत्या गरेका छन्।

बिबिसीमा प्रकासित समाचारका अनुसार ४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेका हुन्। आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ।

घटनामा परि ३१ वर्षिय श्रीमती हना क्लार्कसहित उनका ६,४ र ३ वर्षका नाबालक सन्तानहरूको ज्यान गएको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । तीन सन्तानको घटनास्थलमा नै निधन भएको हो भने क्लार्कको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाएपछि उनीहरूको उद्धारमा गएका प्रत्यक्षदर्शीहरूलाई बक्स्टरले रोकेका थिए।

पतिले घरेलु हिंसा गरेको भन्दै केही समययता क्लार्क आफ्ना तीन सन्तानसहित माइतीमा बस्दै आइरहेकी थिइन्। दुबै जनाबीच सण्तानको अभिभावकत्व कसले लिने भन्ने बारेमा विवाद चल्दे आइरहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *