Sajhamanch Archive

४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी

Published: in टिप्स/जानकारी, विश्व समाचार by .

एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।

शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् । शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् । बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो । भने यसको जानकारी उनका पति राज कुन्द्राले हिजो मात्र सार्वजनिक गरेका हुन् । शिल्पाले शेयर गरेको फोटोमा उनकी छोरीले उनको औंला समातिरहेकी छिन् ।

उनले सन् २००९ मा विवाह गरेकी थिइन् । भने पहिलो बच्चा सन् २०१२ मा जन्माएकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *