मच्छिन्द्र र थ्री स्टार सताक्षी गोल्डकपको फाइनलमा भिड्दै, दुवै टिम उपाधिको होडमा
Published: (Updated: )
by .शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको भोली आइतबार हुने फाइनल खेलमा उपाधि रक्षाका लागि मच्छिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब भिड्दै छन् ।
शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा शनिबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टिमले उपाधि रक्षाका लागि दावी गरेका हुन् । लिगमा मच्छिन्द्र फुटबल क्लबले उपाधि हात परेको थियो भने थ्रि स्टारले चौथो स्थान हासिल गरेको थियो ।
आफुसँग अनुभवी खेलाडी भएकाले पनि उपाधि रक्षा गर्ने मच्छिन्द्रका कोच प्रवेश कटुवालले बताए । थ्रि स्टार पनि कमजोर छैन उनले भने, जीत हार ९० मिनेटको खेलले बताउने कुरा हो । तर हाम्रो अनुभव र रणनीतिले हामी सफल हुन्छौ । आइतबार हुने फाइनल खेल लिग म्याच भन्दा कडा प्रतिष्पर्धा हुने कोच कटुवालको भनाई थियो ।
यता थ्रि स्टारका प्रशिक्षक मेघरजा केसीले दुवै टिम समान्तर भए पनि हामीले ६० प्रतिशत भन्दा बढी सफल भइसकेको दावी गरेका छन् । आफ्नो प्रतिद्वन्दी हेरेर रणनीति बनाउने भन्दै उनले अब बाँकी ४० प्रतिशत पुरा गर्दै उपाधि हात पार्ने दावी गरे ।
प्रतियोगितामा यति नै गोलले जित्छु भन्ने हुँदैन थ्रि स्टारका कप्तान विक्रम लामा भन्छन् जीतका लागि खेल्ले हो । आफुसँग नयाँ खेलाडी पनि भएकाले उनीहरुको अवसरको सदुपयोग गर्दै आफ्नो टिमले जीत हासिल गर्ने उनले बताए । सबै खेलको प्रतिश्प्रर्धा एकै प्रकारको हुँदैन प्रतिद्वन्दी हेरेर टीम तयार गर्ने कप्तान लामाको भनाई थियो ।
मच्छिन्द्रले सताक्षी गोल्डकपमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो भने थ्री स्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई पछि पार्दै फाइनलको यात्रा तय गरेको थियो ।
गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने छन् । सताक्षी गोल्डकप फागुन ४ गतेबाट सञ्चालन भएको हो ।
Comments