बिष्णु भगवती तेस्रो बर्षमा
Published: (Updated: )
by .बिर्तामोड । झापा बिर्तामोड १० स्थित श्रीबिष्णु भगवती बोडिङ स्कुलले विविध कार्यक्रम गरि आफ्नो तेस्रो बार्सिक उत्सब सम्पन्न गरेको छ। बिधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।त्यस्तै गत बर्ष उत्कृष्ट हुने १९० जना विद्यार्थी लाई मेडल,प्रमाणपत्र बितरण गरिएको थियो ।
बिधालयका प्रधानाध्यापक पुन्य प्रसाद उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत केशर बहादुर खबासको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न गतिविधिमा उत्कृष्ट २० जना विद्यार्थी लाई पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै खबासले युग र परिवेश सुहाउँदो शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए ।
नबोदय शिक्षा सदनका प्रध्यानाध्यापक धर्मराज माझीले बिद्यालय र विद्यार्थी आफैमा रचनात्मक हुने भएकाले निजि बिद्यालयको योगदान उच्च रहेको बताए िसंचारकर्मी सरोज पौडेल लगायतले शुभकामना राखेका थिए।गायक श्रीकृष्ण लुईटेलको बिशेष प्रस्तुति रहेको थियो ।प्रध्यानाध्यापक उप्रेतीले आगामी दिनमा विद्यार्थी र अभिभावकको परामर्श ,सल्लाहमा थप रचनात्मक र प्रबिधि संग तालमेल हुने शिक्षामा जोड दिन बताए ।कार्यक्रमको संचालन सुमन शर्मा र सेलिशा उप्रेतीले संयुक्त रुपमा गरेका थिए ।
Comments