Sajhamanch Archive

श्रीकृष्ण प्रणामी मन्दिरमा फाल्गुण २१ बाट महोत्सव

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यही फाल्गुण २१ गतेदेखि २७ गतेसम्म स्वर्ण महोत्सव हुने भएको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजित महोत्सवमा श्रीमत्तारतम सागर पाठ पारायण,संगीतमह श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ,बाबा श्री १०८ गोपीदासजी महाराजको स्मृतिसभा एवं कलश अनावरणका साथै विविध धार्मिक एवं सांस्कृतिक लगायतका विभिन्न किसिमका कार्यक्रम आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

स्वर्णमहोत्सव सम्पन्न गर्न युवासन्त जगतानन्द शास्त्री महाराजको संयोजकत्वमा ४ सय पाँच सदस्यीय महापुराण मूल आयोजक समितिसहित २२ वटा उपसमिति गठन गरिएको महोत्सव आयोजक समितिका महासचिव सारदाप्रसाद थपालियाले जानकारी दिए ।

श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य १०८ कृष्णमणि महाराजजीले समुद्घाट्न गर्ने महोत्सवमा स्वदेश तथा विदेशमा रहने सन्त, गुरुजन लगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहने जानकारी दिएको छ ।

स्वर्णमहोत्सव समारोह मूल आयोजक समितिका संयोजक महाराजको अध्यक्षतामा आयोजित कार्यक्रममा सन्त सम्मेलन विद्वत गोष्ठी,बाबा गोपीदास स्मृति सभा र होली महोत्सव लगायतका कार्यक्रम हुने बताइएको छ ।

समितिका महासचिव थपलियाले कार्यक्रमको औचित्यसहित मन्दिरको पृष्ठभूमि र वर्तमान अवस्था बारे जानकारी गर्नुका साथै कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यका बारेमा पत्रकारलाई अवगत गराएका थिए ।

उक्त महोत्सवमा ५००० देखि १००० विदेशी धार्मिक पर्यटकहरुको उपस्थिति हुने कार्यक्रममा ५० देखि ६० लाख खर्च हुने अनुमान गरिएको थपलियाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *