Sajhamanch Archive

कोरोनाको त्रासमा कोरियाः संक्रमण एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by .

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् ।

नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ । समुहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न भनिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।

शहर लगभग सुनसान हुन थालेको छ । दक्षिण कोरियामा कोभिड–नाइन्टिन नाम दिइएको भाइरसका कारण दुई जनाको मृत्यु भैसकेको छ भने मृतकको संख्या थपिन सक्ने त्रास बढेको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री चोङ से क्युनले अबस्था अत्यन्त गंभिर भएको बताएका छन् ।

चीनमा संक्रमणका कारण २ हजार ३४५ जनाको मृत्यु भएको छ भने ७६ हजार २८८ जना संक्रमित भएको पुष्टि भएको छ । चिनियाँ अधिकारीहरले नयाँ संक्रमण र मृत्यु हुनेको संख्या बताइरहेका छन् । चीनबाहिर २६ देशमा १२ सय भन्दा बढीमा संक्रमित र आठ जनाको मृत्यु भएको छ । (एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *