Sajhamanch Archive

साहित्यिक परिवारले गर्यो मनकामनामा वक्तृत्वकला प्रतियोगिता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजमा वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ ।

मनकामना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा दिपक ढुङ्गानाले प्रथम स्थान हासिल गरेका छन् ।

त्यस्तै प्रतियोगितामा देवअर्जुन भण्डारी दोश्रो र कल्पना गुरुङ्गले तेश्रो स्थान हात परेकी छन् । विद्यार्थोहरुमा लुकेका प्रतिभालाई प्रस्फोटन गर्ने उद्देश्यले वि.सं.२०७२ सालमा स्थापन गरिएको उक्त परिवारले विभिन्न समय विविध किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई रहेका थिए ।

प्रतियोगितामा प्रथम,दोश्रो र तेश्रो हुने विद्यार्थाेलाई प्रमाणपत्रसहित पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भट्टराई शैक्षिक संयोजक कुमार थपलिया,प्रतियोगिताका निर्णायक सुधिर सुवेदी र विजय तिम्सिना तथा परिवारका अध्यक्ष भण्डारीले प्रदान गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि भट्टराई, सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं,शैक्षिक संयोजक थपलिया लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

उक्त प्रतियोगिताको प्रायोजन मनकामना कलेज र बिर्तामोडको भद्रपुर रोडमा अवस्थित ब्रिटिस ल्याङवोइज एण्ड आइटी इन्सिटियुट ( British language and IT Institute ) ले संयुक्त रुपमा गरेका थिए ।

परिवारका अध्यक्ष भण्डारीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह-सचिव उमेश खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *