Sajhamanch Archive

मेचीनगर वडास्तरीय भलिबल जारी : फाइनलमा वडा नं.११ र १२ (ख)भिड्ने

Published: (Updated: ) in खेलकुद by .

मेचीनगर । मेचीनगर नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको फाइनलमा वडा नं. ११ र १२ (ख) भिड्ने भएका छन् ।

मेचीनगर नगरपालिका वडा नं.१२ धाइजनमा जारी प्रतियोगितामा आज भएको पहिलो सेमिफाइनल खेलमा वडा नं.६ लाई सोजो सेटमा २५ -२१,२५ -१०,२५ -१८ ले पराजित गर्दै वडा नं. ११ फाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै अन्तिम सेमिफाइनल खेलमा वडा नं.१० लाई २५- १९,२५ -१९,२५ -१३ को सोजो सेटमा स्तब्ध पर्दै वडा नं.१२ (ख ) टिम विजयी भएको हो ।

उपाधिका लागि मङगलबार हुने फाइनल खेलमा वडा नं. ११ र वडा नं.१२ (ख )भिड्ने छन् । मेचीनगर नगरपालिका वडा नं.१२ को आयोजनामा जारीे प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमले शिल्ड, मेडल, प्रमाण पत्र र नगद क्रमशः रु.५१ हजार, रु. ३१ हजार र रु.११ हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाणपत्रसहित नगद प्रदान गरिने खेल समितिका संयोजक रबिन मेचेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *