मच्छिन्द्रले उचाल्यो तेस्रो सताक्षी गोल्डकपको उपाधि
Published: (Updated: )
by .शिवसताक्षी । तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाण्डौंले जितेको छ ।
थ्रि स्टार क्लब काठमाण्डौंलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र क्लब काठमाण्डौंले सताक्षी गोल्डकपको उपाधि जितेको हो । जीत सँगै मच्छिन्द्रले नगद ६ लाखसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । थ्रिस्टारले ३ लाखमा चित्त बझाउनु पर्यो ।
मच्छिन्द्रले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सफल भएको थियो । मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको हो । सोही पेनाल्टी गोल नै मच्छिन्द्रका लागि निर्णायक गोल हुन पुग्यो ।
खेलको २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको पहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गाल किप्पर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।
खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । ६१ औँ मिनेटमा दिपेश घलेको प्रहार आकाशियो । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार गोल किप्पर चम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्चेनको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।
त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा घोषित भए । उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए । आयोजक सतासीधाम स्पोर्टिङक्लबका खेलाडी सञ्जीत राई उदयमान खेलाडी घोषित हँुदै नगद २० हजार प्राप्त गरे ।
उनलाई सतासीधाम स्पोर्टिङ क्लबका उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो । तेस्रो सताक्षी गोल्डकप शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो । गोल्डकपमा पाउना टोली एम. एफ. सी दार्जिलिङ्गसहित ८ टिमको सहभागीता भएको थियो ।
Comments