Sajhamanch Archive

भाइरल बनेको ‘बर्थ डे केक’ : प्रधानमन्त्री ओली पहिलो कि अन्तिम ? (फोटो फिचर)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । हिजो फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औं जन्मोत्सव । उहाँको जन्मोत्सव मनाउन तयार गरिएको केकका विषयमा हिजैदखि ब्यापक चर्चा छ ।

सामाजिक सञ्जालसँगै चोक बजार र चिया दोकानहरुमा यसैको चर्चा ब्याप्त छ । कतिपय शुभेच्छुकहरुले यस्तो कार्यलाई राष्ट्रवादी छवि बनाएका ओलीजस्तो प्रधानमन्त्रीलाई राजनीतिक रुपले ‘सिध्याउन’ केकमा नेपालको आकृति बनाएको टिप्पणी गरेको पाइयो । कतिले चाहिँ सोभन्दा माथि उठेर देशलाई नै ‘टुक्राटुक्रामा बाँडेर खाँदै’ गरेको गलत आक्षेप पनि लगाइरहेका छन् ।

के नेपालका प्रधानमन्त्री ओली र उनको सचिवालयले यस कार्यमा गल्ति गरेकै हो त ! राष्ट्रियतामा नै आँच आउने कार्य भएको हो ? कि अन्य मुलुकमा पनि यस्तो प्रचलन छ ? भनी खोजीनीति गर्दै जाँदा विश्वभरका समृद्धशाली मुलुकहरुमा पनि यस्तो कार्य गरेको पाइयो ।

                

हेरौं अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा, भारतका प्र धानमन्त्री नरेन्द्र मोदी लगायत केही मुलुकका नेताहरुको जन्मदिनमा काटिएका केकका तस्वीरहरु । अनि विचारौं प्रधानमन्त्री ओली पहिलो कि अन्तिम ? अब यस्तो आकृति राखेर कुनै देशका राष्ट्रप्रमुख, सरकार प्रमुखहरुले केक बनाउँदैनन् र !

 

(तस्वीर स्रोत: गुगल, अनलाइन तथा सामाजिक सञ्जालबाट साभा ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *