Sajhamanch Archive

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् ।

दुई देशका प्रमुखबीच व्यापारिक सम्भौता हुने बताइएको छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ट्रम्पलाई स्वागत गर्ने क्रममा मोदीले ट्रम्पलाई अङ्कमाल गरेका थिए । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै ‘अतिथि देवो भवः’ भनेका छन् ।

अहमदाबाद शहर कुनै सैनिक अड्डा जस्तो देखिएको छ, सबैतिर बर्दीमा तैनाथ सैनिक देख्न सकिन्छ । सडकमा पनि सुरक्षाबलको गाडी दौडिरहेको छ । सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

ट्रम्प र मोदीबीच हुने बैठकलाई लिएर सबैको ध्यान केन्द्रित भएको छ । यी दुई देशका प्रमुखबीच केही महत्त्वपूर्ण विषयमा सम्झौता हुनसक्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *