Sajhamanch Archive

ट्रकको ठक्करबाट बालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भक्तपुर । भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं.९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार पैदल हिडिरहेका भक्तपुर नगरपालिका वडा नं.१० कमलबिनायक बस्ने वर्ष ११ का तिलकलाई ठक्कर दिई गम्भीर घाइते भएका थिए। दुर्घटनापछि च्यामासिंह चोकमा खटिएको प्रहरी टोलीले घाइतेलाई तत्कालै जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा प्राथमिक उपचार गरी थप उपचारको लागी बिएण्डबि अस्पतालमा उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नागरिक न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *