Sajhamanch Archive

आगलागीबाट घर र गोठमा क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पर्सा । पर्साको जिराभवानी गाउँपालिका वडा नं.५ हरैयामा आगलागी भएको छ ।

आगलागीबाट एउटा घर र गोठ जलेर क्षति भएको छ । आगलागीबाट स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ ।

चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट सल्किएको आगोले उनको गोठसँगै भण्डारीको खपडाको घरसमेत जलेर क्षति पुगेको हो ।

आगलागीबाट अन्नपात, लताकपडा तथा भाँडाकुँडा गरी दुबै जनाको अन्दाजी ३ लाखको क्षति पुगेको अनुमान प्रहरीले गरेको छ ।

आज बिहान ४ बजेको समयमा लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा बिहान साढे ४ बजे नियन्त्रणमा लिइएको थियो ।

 

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *