Sajhamanch Archive

भारत न्युजिल्याण्डसँग १० विकेटले स्तब्ध

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ ।

मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विना विकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो । पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो ।

दोश्रो पालीमा भारतका मयाँक अग्रवालले बनाएको ५८ रन सबैभन्दा धेरै भयो । न्युजिल्याण्डका टीम साउथीले ५ र ट्रेण्ट बोल्टले ४ विकेट लिए । न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले थप एक टेष्ट क्रिकेट खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *