अबदेखि केराको ब्रोका नफाल्नुहोस्, यस्ता छन् यसको उपयोगहरु
Published: (Updated: )
by .काठमाडौं । केरा खाएर यता उता बोक्रा फाल्ने तपाईको बानी छ भने त्यसलाई बदल्नुहोस । किनभने केराको बोक्रामा भरपूर मात्रामा पोषक तत्व र कार्बोहाइड्रेट हुन्छ ।
थाहा पाइराख्नुहोस यसका ६ उपयोग
विशेषज्ञका अनुसार केराको बोक्रालाई पिसेर त्यसको पेस्ट दुखेको ठाँउमा १५ मिनेटसम्म लगाएर राख्नाले टाउको दुखेको निको हुन्छ । रगतको धमनीमा पैदा हुने तनावको कारण टाउको दुख्ने गर्छ यस्तोमा केराको बोक्रामा रहेको म्याग्नेशियम धमनीहरुमा गएर टाउकोको दुखाई रोक्नको लागि सहायक सिद्ध हुन्छ ।
केराको बोक्रालाई दिनको दुईपटक दाँतमा रगड्नाले त्यसमा चमक आँउछ किनभने त्यसमा रहेको पोटेसियम, म्याग्नेसियम र म्यागनिजले दाँतमा जमेको पँहेलोपन हटाउनको लागि मद्धत गर्छ । दिनमा दुई पटक केराको बोक्राले दाँत रगड्नाले केही दिन मै तपाईको दाँतमा चामत्कारिक चमक देखिन थाल्छ ।
खुट्टामा वा हातमा आउने मुसामा केराको बोक्रा दलेर रातभर यत्तिकै छोडिदिनाले फेरि त्यही ठाँउमा मुसा निस्कदैन् । त्यस्तै डन्डीफोरमा केराको बोक्रालाई मिचेर पाँच मिनेट सम्म लगाउनाले तपाईले डन्डीफोरको समस्याबाट छुटकारा पाउनुहुन्छ ।
केराको बोक्राले छालामा पानीको कमी पुरा गरिदिन्छ । अण्डाको पहेँलो भागमा केराको बोक्रा पिसेर मिलाएर अनुहारमा लगाउनुहोस यसले अनुहारको चाँया हराँउछ ।
दुखाइ भएको ठाँउमा केराको बोक्रालाई पिसेर लगाउनाले आराम मिल्छ । केसैले टोकेर दुखाइ भएको ठाँउमा केराको बोक्रालाई लगाउनाले जलन टाढा हुन्छ ।
Comments