Sajhamanch Archive

रेड पाण्डाको छालासहित चारजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित पक्राउ परेका चार जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको छ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैधरुपमा ओसारपसार गरी अवैध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खोजतलासमा निस्किएको महाशाखाको टोलीले उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ कपनबाट पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी कमला तामाङ र कास्कीका युवराज सापकोटा रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *