Sajhamanch Archive

अनलाइन पत्रकारिता बारे विज्ञका यस्ता सुझाव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । नेपाल पत्रकार महासंघ झापाले आज बिर्तामोडमा अनलाइन पत्रकारिताका सम्बन्धी अन्तरक्रिया गरेको छ ।

बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा आयोजित अन्तरसम्वादमा सञ्चार विज्ञ भानुभक्त आचार्य र अनलाइन खबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गरेका हुन् ।

सञ्चार विज्ञ आचार्यले अनलाइन न्यूजपोर्टलहरुले पत्रिकाको रुपमा मात्र रहन नहुने सुझाव दिए । उनले समाचार एवम् लेखहरुमा प्रयोग गरिएका तथ्य र दस्तावेजहरुको सत्यताका लागि हाइपरलिङ्क सहित समाचार अपलोड हुनुपर्ने बताए । अनलाइन न्यूजपोर्टलहरुमा फोटो, अक्षर, श्रव्य, श्रव्यदृश्य, इन्फोग्राफहरु समावेश गर्न सकियो भनेमात्र न्यूमिडियाको अर्थ लाग्ने आचार्यको भनाई छ ।

अत्याधुनिक माध्यम भए तापनि कानूनी एवम् नैतिक विषयमा सबैलाई समान व्यवहार हुने भएकाले समाचारको विश्वसनियता, वौद्धिक चोरीबाट बचेर काम गर्ने, सुझाव र प्रतिक्रियाका लागि अडिअन्सलाई स्थान दिनुपर्ने जस्ता कुरामा ध्यान दिन आग्रह गरे ।

यस्तै, अनलाइन खबर डटकमका सम्पादक बरालले अनलाइन पत्रकारिताः चुनौती र सम्भावना विषयमा सहजीकरण गर्दै यसको उदय, वर्तमान र भविष्यका बारेमा चर्चा गरे । क्रियाशील पत्रकारहरुका लागि पूर्वी नेपाल समाचारको भण्डार भएको सुझाउँदै बरालले कन्टेन्ट र क्वालिटीमा अग्रसर पत्रकार एवम् सञ्चार माध्यम टिक्नसक्ने अथ्र्याए ।

अनलाइनका सञ्चालकहरुले प्रविधिमा, सामग्री ग्रहणमा तथा समाचारहरुमा लगानी बढाउन सकेमामात्र यसको चुनौतीसँग लड्न सकिने बरालको भनाई छ । अनलाइनकर्मीहरुको सिङ्गो टिम सक्रिय भयो भने मिडिया चलाउन सकिने तर एकै व्यक्तिले सबैथोक गर्न खोज्दा सम्भव नहुने बरालको सुझाव छ ।

महासंघका शाखा अध्यक्ष तारामणि सापकोटाको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *