Sajhamanch Archive

बन्द भएका सप्तकोशीका जहाज चल्न थाले

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भोजपुर । स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जहाज) सञ्चालनमा आएको छ ।

स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो ।

जलयातायातका सञ्चालकहरूले भोजपुरको हतुवागढीमा पत्रकार सम्मेलन गरेर जाहाज सञ्चालनमा आएको जानकारी गराएका थिए ।

जल यातायात सुनसरीको बराहक्षेत्रबाट भोजपुरको हतुवगढी–९ कोप्चेसम्म सञ्चालन हुँदै आएको थियो । भाडा ४ सय बाट घटाएर २ सय ५० रुपैयाँ कायम गरिएको सञ्चालक राजेन्द्र कार्कीले जानकारी दिए । अहिले ७ वटा जहाज सञ्चालनमा रहेका छन् ।

पूर्वेली खबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *