Sajhamanch Archive

अमेरिकामा गोली चल्यो, छ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान लिएका छन्। घटनामा बन्धुकधारी पनि मारिएको अमेरिकी अधिकारीले जनाएका छन्।

अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भए हो। घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक हजार भन्दा बढी कामदार रहेकाे उक्त कम्पनीमा काम गरिरहेको अवस्थामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले जनाएका छन्।

मृतकहरु सबै कम्पनीका कर्मचारी नै हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *