शिक्षण अस्पतालमा नर्सले यसरी कुटे डाक्टर
Published: (Updated: )
by .डा. केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिए पनि देश भर आंशिक प्रभाव परेको छ ।
आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव परेको हो ।
शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य सेवा दिइयो । शिक्षण अस्पतालले दिनभर सामान्य सेवा सञ्चालन भएको बतायो । यस्तै पाटन र वीरमा पनि सामान्य रूपमा सेवा सुचारु रह्यो । धादिङबाट उपचार गर्न शिक्षण अस्पताल महाराजगन्ज आएकी सरिता धमलाले ढिलै भए पनि सेवा पाएको बताइन् । ‘बिहान केहीबेर लफडा भएको थियो, त्यसपछि आन्दोलनकारी अस्पतालबाट लखेटिए र सेवा सुरु भएपछि जाँच गराएँ,’ उनले भनिन् ।
शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार विहानै देखि चिकित्सकहरूबीच नै दोहोरो भनाभन चल्यो । बिरामी भर्ना भएको वाडैपिच्छे केसी समर्थक चिकित्सक सेवा बन्द गराउँदै थिए । उता सरकारले पनि हरेक वाडमा प्रहरी तैनाथ गरेको थियो ।
केही चिकित्सकले बिरामीलाई सेवा दिन नसक्ने बताउन थालेपछि नर्सहरूले भने सेवा रोक्न नहुने बताए । यही कुरामा दुई पक्षबीच भनाभन भयो । भनाभनकै क्रममा नर्सहरूले चिकित्सकको कठालो समाए । प्रहरीले पनि रोक्न सकेन । नर्सहरूले लछारपछार गर्दै चिकित्सकलाई अस्पतालको कम्पाउन्डसम्म पु(याए । प्रहरीको उपस्थितिमा दिनभर सेवा सञ्चालन भयो, बन्द गराउनेहरू अस्पताल हाताबाहिर रहे ।
त्यस्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले बिहानैदेखि बिरामीलाई स्वास्थ्य सेवा दिएको थियो । सेवा सुरु भएको जानकारी पाएपछि नेपाल चिकित्सक संघका दुईजना पदाधिकारीसहित केही व्यक्ति अस्पताल पुगेका थिए । अस्पताल प्रशासनलाई बन्द गर्न आग्रह गर्दा त्यहाँ रहेका बिरामी र चिकित्सकले विरोध गरेपछि उनीहरू बाहिरिएका थिए । बन्द गराउन गएका एक पदाधिकारीले भने, ‘अस्पतालमा पुग्दा १२ बजेको थियो, बिरामीको भिडभाड थियो । सेवा रोक्न नसकेपछि बाहिरियौँ ।’
चिकित्सक संघ यस्तो विषम परिस्थितिमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहेको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए। अवस्थामा केसी पक्ष र सरकार मिल्नुको अर्को बाटो देखिँदैन । तर, त्यसका लागि दुवै पक्ष लचक बन्नुपर्छ, उनले भने ।
सरकारले पनि केसीलाई कहिल्यै अनशन बस्न नपर्ने हिसाबले सहमति कार्यान्वयन गर्नुपर्छ । हामीले गरेको हडताल केसीको जीवन रक्षा र उनले उठाएका स्वास्थ्यका जायज मागको विषयमा हो । केसीले शिक्षा र स्वास्थ्यभन्दा बाहिरका विषय पनि उठाउनुभएको छ, त्यसमा चिकित्सक संघ सहमत नजनाउने डा. कार्कीले बताए ।
Comments