Sajhamanch Archive

प्रधानमन्त्री ओली र कांग्रेस नेता शेखरबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान साढे आठ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको हो ।

नेताद्वयबीच पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले जन्मदिनको केक लगायतका विषयमा पार्टी कार्यकर्ताले आलोचना गर्दा आफूलाई दुःख लागेको बताएका थिए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *