Sajhamanch Archive

घरभित्रै मृत भेटिए दम्पति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.११ कलुवापुरमा एक दम्पति घरभित्रै मृत भेटिएका छन्।

५२ वर्षीय जयलला भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी घर भित्रै अलग-अलग कोठामा मृत भेटिएका हुन्।

हिजोदेखि नै बन्द रहेको घर आज दिउँसो दूध पुर्‍याउने मान्छे आएपछि घटनाबारे थाहा भएको थियो। दूध लिएर आएकाले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार दुवैजनाको शव घरको अलग अलग कोठामा भेटिएको छ।

श्रीमतीको घाँटीबाट रगत आएको देखिएकाले हत्या आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरीले घटनास्थल सिल गरेर आवश्यक जाँच थालेको छ। अहिले इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली घटनास्थलमा छ ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *