Sajhamanch Archive

घुस रकमसहित प्रधानाध्यापक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । ३० हजार रुपैयाँ घुस रकमसहित दैलेखमा सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका वडा नं.१ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् ।

शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

सोही उजुरीको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटेको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका वडा नं.१ मा रहेको एनएमबी बैंक नौमुले शाखाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रअ सिंहलाई आयोगको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको कोइरालाले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *