Sajhamanch Archive

सिम्रिकका सदस्यलाई पशु तथा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पशु तथा कृषि प्राविधिक तालिम आज सम्पन्न गरेको छ ।

संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा दुवागढी सेवा केन्द्रमा आयोजित तालिमको अध्यक्षता संस्थाका शिक्षा उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले गरेका थिए ।

उक्त तालिमको सहजीकरण बिर्तामोड नगरपालिकाका पशु प्राविधिक विष्णप्रसाद भट्टराई र कृषि प्राविधिक राजेन्द्र कडरियाले गरेका थिए । पशु प्राविधिक भट्टराईले पशुमा कस्ता कस्ता किसिमका रोग लाग्छन् ,त्यस्ता रोगहरु देखा परे भने उपचार कसरी गर्ने भन्ने बारेमा सुझाएका थिए ।

भट्टराईले व्यवसायिक रुपमा पशुपालन कसरी गर्ने बारेमा बताउनुका साथै पशु बिमाका बारेमा सहभागीहरुलाई अवगत गराएका थिए ।

 त्यस्तै कृषि प्राविधिक कडरियाले पछिल्लो समय कृषिमा देखा परेका विभिन्न समस्याहरु,त्यस्ता समस्याहरु देखा पर्नुका कारण र निराकण कसरी गर्ने भन्ने बारेमा बताएका थिए ।

सो अवसरमा संस्थामा श्रेयर खरिद गर्ने सदस्यलाई श्रेयर खरिद गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको हालको गतिविधिका बारेमा संक्षिप्त जानकारी गराउनुका साथै पशु तथा कृषि प्राविधिक तालिम आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट्याएका थिए ।

संस्थाका शिक्षा उपसमितिका सदस्य मेयरमान विष्टले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका विभागीय प्रमुख याम विष्टले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *