Sajhamanch Archive

दयाहाङ र मिरुनाको यस्तो रुप

Published: (Updated: ) in टिप्स/जानकारी by .

कबड्डी’ सिरिजका लेखक तथा कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

आउँदो वर्षको जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । पोस्टर हेर्दा फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

सिनेमा आर्टस् र बासुरी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन् । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्माण गरेको फिल्मको कथा निर्देशक सुब्बा आफैंको हो ।

निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बु र संगम पन्तको संगीत रहेको फिल्मलाई स्टेशन फाइभ र मनोज राठीको कम्पनीले वितरणको जिम्मा लिएको छ । दयाहाङ र मिरुनाले पहिलो पटक स्क्रिन साझेदार गरेको र कवि सुब्बाको डेब्यू निर्देशित फिल्म भएका कारण ‘जारी’ प्रति दर्शकले ठूलो अपेक्षा राखेका छन् । सार्वजनिक पोस्टरले पनि दर्शकमा फिल्मप्रति कौतुहलता जगाउने देखिन्छ ।

फिल्म ‘जारी’ मा देवराज मादेन, सृजना लिंग्लेकु, अल्भिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लावती सह-निर्माताको रुपमा रहेका छन् ।

कविबाट फिल्म निर्देशकको परिचय बनाउन लागेका उपेन्द्र सुब्बाले यो फिल्म उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नछाडेको दाबी गरेका छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिल्मलाई लिएर निकै उत्साहित छन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *