Sajhamanch Archive

डुंगा दुर्घटना ८ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

अमेरिकाको ब्रान्सन शहर नजिक रहेको प्रख्यात टेबल रक तालमा ३० जना पर्यटक बोकेको डुंगा दुर्घटना भएको हो ।

खराब मौसममा कारण दुर्घटनामा परेका  ७ जनालाई भने जिउँदै उद्वार गरिएको छ । अन्य भने बेपत्ता भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । बेपत्ता मध्ये अधिकांश केटाकेटी रहेका छन् ।

साँझको समयमा घुम्न गएका पर्यटकहरु डुबेकोमा कुन कुन राष्ट्रका नागरिक थिए भन्ने बारे कुनै खुलाइएको छैन ।

-एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *