Sajhamanch Archive

कलवलगुरी सहकारीले गर्यो वक्तृत्वकला प्रतियोगिता

Published: in राष्ट्रिय समाचार, सहकारी by .

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी कृषि सहकारीको आयोजनामा बालमैत्री अभियानका लागि सचेतना तथा वक्तृत्वकला प्रतियोगिता शनिबार गरिएको छ ।

संस्थाका शेयर धनीका सन्तति, भद्रपुर १० भित्र रहेका विभिन्न टोल विकास अन्तरगतका बाल क्लबका सदस्यहरू, सरोकारवाला स्थानीय बालबालिकाबीच बाल अधिकार अभिमुखीकरण तथा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

बाबा कन्सल्टेन्सीको सहयोगमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा मनोहरा टोल विकास संस्थाकी इशा पराजुली प्रथम, नवज्योति टोल विकासका सुमिन गिरी द्वितीय र सिद्धार्थ टोल विकासका सक्षम नेपाल तृतीय हुन सफल भएका छन् ।

सहकारी संस्थाका अध्यक्ष भीम दाहालको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर वडा नं. ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, भद्रपुर १० का वडासचिव मनकुमार डाँगी, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष हरिकिशोर आचार्यले आ–आफ्ना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *