Sajhamanch Archive

माले महासचिव मैनालीलाई भेटन प्रधानमन्त्री ओली पुगे अस्पताल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते माले महासचिव सीपी मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् ।

मैनाली उपचाररत राजधानीको ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आज बिहान झापा आन्दोलनका आफ्ना सहकर्मीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले मैनालीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माले महासचिव मैनालीसहित परिवारका सदस्य सवार कार पझापाबाट काठमाडौं आउँदै गर्दा गत बिहीबार धनुषा र सिन्धुलीको सीमामा पर्ने रातु नदीनजिकै अर्को सवारीसँग जुधेर दुर्घटना भएको थियो ।

दुर्घटनामा सीपीसहित घाइतेहरूको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सीपीको अवस्था सुधार भइरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *