Sajhamanch Archive

उपचार राहत दिँदै घरघरमा पुग्यो सिम्रिक साकोस

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुलाई उपचार राहत प्रदान गरेको छ ।

सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरमै पुगेर १० जना सदस्यलाई शुक्रबार राहत प्रदान गरेको हो । राहत कोषमा संकलित रकमबाट उपचारमा भएको खर्चवापत ७० हजार ९२५ रुपैयाँ राहत हस्तान्तरण गरिएको संस्थाका सुरुङ्गा सेवा केन्द्रका प्रमुख इन्दिरा भट्टराईले जानकारी दिइन् ।

संस्थाबाट उपचार सहयोग राहत पाउनेहरुमा इन्दिरा सिल्वालको मृत्यु भएकाले ५ हजार ६००,मिना राईको छोराको शल्यक्रिया गरिएकाले ८ हजार ७५० र गिता श्रेष्ठको पथरियाको शल्यक्रिया बापत १३ हजार १५० प्रदान गरिएको थियो ।

त्यसैगरी फुलमती मुर्मु सतारको श्रीमानका मृत्यु भएकाले ८ हजार ४००, पूर्णमाया खड्काको छोरीको उपचार खर्चबापत ६६५ र राधा कार्कीको पित्तथैलीको शल्यक्रिया गरे बापत १३,५०० राहत प्रदान गरिएको थियो ।

त्यस्तै डम्बरबहादुर बस्नेतको श्रीमतीको शल्यक्रियाबापत ४ हजार,मनमाया तामाङको आमाको उपचार बापत ७ हजार ८६०,कृष्णदेवी कार्कीको खुट्टाको शल्यक्रियाबापत ५ हजार, र सन्जिब वि.क.को श्रीमतीको शल्यक्रियाबापत ४ हजार राहत वितरण गरिएको साकोसका कर्मचारी नयन अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *