Sajhamanch Archive

होटलमा एक व्यक्ति मृत भेटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

वीरगञ्ज । वीरगञ्जस्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आज मृत भेटिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

लामाको मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी शाहीले बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *