Sajhamanch Archive

ऋषि कपूरको विवाहमा पुगेकि रेखाको सिउँदोमा सिन्दूर, अमिताभमाथि शंका

Published: in टिप्स/जानकारी, विविधा by .

भारतीय अभिनेता अमिताभ बच्चन सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनम बाँधिएका थिए । त्यसबेलादेखि यो जोडीले आफ्नो साथ निभाउँदै आएको छ । यो परिवारको विषयमा खासै धेरै कुरा बाहिर आउँदैनन् । तर, एकपटक यो जोडीको सम्बन्धबारे केही कुरा बाहिर आएका थिए ।

कुनै समय अमिताभको निकै नजिकको व्यक्ति मानिएका अमर सिंहले बच्चन परिवारको विषयमा निकै महत्वपूर्ण खुलासा गरेका थिए । अमर सिंहका अनुसार अमिताभ बच्चन र जया बच्चनको सम्बन्ध बिग्रिएको थियो र उनीहरु सँगै बस्दैनथे । उनले ऐश्वर्या र जयाको सम्बन्ध पनि ठीकसँग नचलेको बताएका थिए ।

यति धेरै आरोपको बीचमा पनि अमिताभ र जयाले खुलेर केही कुरा भने बताएका थिएनन् । फिल्म जंजीरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

अमिताभले सन् १९७६ मा रेखासँग ‘दो अनजाने’ फिल्मको शुटिङ शुरु गरेका थिए । यो क्रममा रेखा र अमिताभ एक साथीको घरमा सधैं भेट्ने गर्थे । ऋषि कपूर र नीतू सिंहको विवाहमा रेखा सिउँदोमा सिन्दूर लगाएर पुगेको घटनाले यसलाई थप मलजल गरेको थियो ।

यसैबीच जयाले पनि एक अन्तर्वार्तामा अमिताभले आफूसँग विवाह गरेको र आफूसँग लुकाएर उनले अर्को सम्बन्ध राखेको खण्डमा त्यो उनको समस्या हुने र यसको परिणाम पनि उनले भोग्नुपर्ने बताएकी थिइन् ।

रेखाले पनि जयालाई उत्तर दिँदै जयालाई उनका पतिलाई यसबारे समस्या नहुन्जेल कुनै समस्या नहुनुपर्ने जवाफ फर्काएकी थिइन् । यो विवादपछि अमिताभले रेखासँग काम गर्न छाडेका थिए ।

जब भए अमिताभ बच्चन र रेखा आमने सामने

सामान्यतया भारतका महानायक अमिताभ बच्चन र रेखाको सामना फिल्मी अवार्डस् समारोहमा नै हुने गरेको छ । किनकि उनीहरु आमनेसामने हुने गर्दैनन् । एक बच्चाले अमिताभको रुप धारणा गरेका थिए । रेखा कलर्सको सिंगिङ रियालिटी स्टार ३ मा सामेल भएकी थिइन् । यो विशेष एपिसोड रेखाको सलाम ए रेखा नामलाई डेडिकेट गरिएको थियो ।

शोमा रेखाले गीत गाउनुका साथै नृत्य पनि प्रस्तुत गरेकी थिइन् । शोमा अमिताभ बच्चनको चर्चा भए पछि स्टेजमा प्रस्तुतीका आएका तीनजनाले सबैको ध्यान आकर्षित गरेको थियो ।

स्टेजमा आएकामध्ये चेतन वृजवासीले अमिताभको गेटअप गरेका थिए । चेतन वृजवासीलाई रेखाले तपाइँ को बनेर आउनुभएको भनेर प्रश्न गरेकी थिइन् । जवाफमा बृजवासीले ‘म अमिताभ बच्चन बनेर आएको हुँ’ भनेरसँगै रेखा केही लजाएकी थिइन् ।

उनले केही भन्नका लागि माइक हातमा लिएकी थिइन् तर सकिनन् । अमिताभको चर्चा भएसँगै रेखाको मुहारको चमक नै फरक हुने गर्छ । शोमा उनले बच्चाहरुसँग निकै रमाइलो पनि गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *