Sajhamanch Archive

बहुविवाहको मुद्दा लाग्ने डरले दुवै जना फरार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सल्यान । ६४ बर्षको उमेरमा अर्को विवाह गरेका सल्यान कालिमाटी गाउँपालिका वडा नं. ४ का टेक बहादुर नेपाली बहुविवाहको मुद्दा लाग्ने डरले गाउँबाटै भागेका छन् ।

टेक बहादुरकी जेठी श्रीमती ६० वर्षीया उमा नेपालीले बहुविवाह गरेको भन्दै श्रीमान विरुद्ध प्रहरीमा उजुरी दिएका छिन् ।

६४ बर्षमा ३५ वर्षीया सुशीलासँग बहुविवाह गरेका नेपाली मुद्दा लाग्ने डरले सुइँकुच्चा ठोकेका हुन्। श्रीमानले दोस्रो विवाह गरेपछि उमाले फागुनले ५ गते प्रहरीमा उजुरी दिएकी थिइन्।

बहुविवाह गरेर श्रीमान भागेपछि आफु माइतीघर छत्रेश्वरी गाउँपालिकामा बस्दै आएको उनको जानकारी दिइन्। बहुविवाह गरी फरार दुवै जनालाई प्रहरीले खोजिरहेको छ।

 

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *