Sajhamanch Archive

पाण्डेको फोटो र राजवंशीको व्यङ्ग्य चित्र पदर्शनी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बिर्तामोड । पूर्वाञ्चल दैनिकको रजत महोत्सवको अवसर पारेर पूर्वाञ्चल दैनिकका फोटो पत्रकार विनोद पाण्डेको एकल फोटो प्रदर्शनी गरिएको छ । यसरी नै व्यङ्य चित्रकार प्राज्ञ पवन राजवंशीको व्यङ्ग्य चित्र पनि पदर्शनी गरिएको छ ।

मानिसका जीवनशैलीसँग सम्बन्धित विषयवस्तुलाई तस्वीरको माध्यमद्वारा उजागर गर्ने उद्देश्यले एकल फोटो प्रदर्शनी गरिएको फोटो पत्रकार पाण्डेले बताए । नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्षसमेत रहेका पाण्डेले देशका हिमालदेखि तराईसम्मका मानिसले दैनिक जीवनका भोगाई, जीवनयापनका लागि गरिएका संघर्ष लगायतका विषयलाई जोडेर जीवनशैली शीर्षकमा २५ वटा फोटोहरु प्रदर्शनी गरिएको जानकारी दिए ।

यसरी नै प्राज्ञ राजवंशीले पनि समसामयिक विषयमा कोरेका चित्रहरु प्रदर्शनीमा राखेका थिए । विभिन्न समयमा उत्पन्न राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विषयमा आधारित ब्यङ्य चित्रहरु मर्मस्पर्शी रहेका दर्शकहरुको टिप्पणी थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *