Sajhamanch Archive

दमकमाथि कनकाईको दबदवा

Published: in खेलकुद by .

सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आजदेखि झापाको कनकाई नगरपालिका सुरुङ्गामा चौथो जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाको टिमले दमक नगरपालिकाको टिमलाई ७—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमी फाइनलमा प्रवेश पाएको छ ।

कनकाईको तर्फबाट कुसुम खतिवडाले ह्याट्रिक पूरा गरिन् । खतिवडा खेलको ओमन अफ दि म्याच घोषित हुँदै नगद दुई हजार रुपैयाँ हात पारिन् । आयोजकका लागि सरिता सेर्पा र ममता राउतले थप दुई/दुई गोल गरेका थिए । कनकाईले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६० हजार र ३५ हजार रुपैयाँ पाउने खेल संयोजक अम्बिका खरेलले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *